दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रेमका अमर अनुभूति

गोबिन्द राज ओझा (राजन)
प्रकाशित मिति : २०८३ श्रावण १० गते, आईतवार ५:०४

मनको मन्दिरभित्र तिम्रै छवि उज्यालो,
स्मृतिको फूल फुल्यो प्रेमको रसिलो।
आँखामा आशा बोकी आयौ जूनझैँ,
जीवनभरि बस्यौ तिमी हृदयको मूलो।
विरहका बादल आए ढाक्न खोजे मन,
मायाको ज्योति भने निभेन कहिल्यै पनि।
समयले धेरै मोड फेरिरह्यो बाटो,
प्रेमको शपथ रह्यो अटल सधैँ यति।
तिम्रो एक मुस्कानले वसन्त फुलाउँछ,
सूखा मनभित्र पनि हरियाली छाउँछ।
दूरीले छुटाए पनि आत्मा टाढा हुन्न,
साँचो प्रेम अमर भई सधैँ साथ रहन्छ।
फूलभन्दा सुगन्धित विश्वासको डोरो,
जीवनको प्रत्येक क्षण बनोस् प्रेमको घेरा।
हातमा हात समाई अघि बढौँ निरन्तर,
प्रेम नै संसारको सबैभन्दा ठूलो सेरो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु