तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अभियान लघुवित्तद्वारा ‘अपरेशनल एक्सिलेन्स एन्ड लिडरशिप’ तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १० गते, आईतवार १९:१८

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालयका दोस्रो वरीयताका (लेखा हेर्ने) कर्मचारीहरूको कार्यदक्षता, नेतृत्व क्षमता तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुईदिने ‘अपरेशनल एक्सिलेन्स एन्ड लिडरशिप’ तालिम सम्पन्न गरेको छ।

संस्थाले साउन ९ र १० गते धुलिखेलमा आयोजना गरेको उक्त तालिममा देशभरका विभिन्न शाखा कार्यालयबाट ५८ जना कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रम प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालको अध्यक्षता तथा सञ्चालक समिति अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

तालिम उद्घाटन गर्दै अध्यक्ष थापाले संस्थाको दिगो विकासका लागि दक्ष, अनुशासित र जिम्मेवार जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले कर्मचारीको ज्ञान, सीप र नेतृत्व क्षमतामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लम्सालले संस्थागत सुशासन, प्रभावकारी कार्यसम्पादन, सेवा प्रवाहको गुणस्तर तथा परिणाममुखी कार्यसंस्कृतिलाई सुदृढ बनाउन कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने धारणा राखे।

तालिमका क्रममा मोटिभेसनल स्पिकर प्रितम पौडेलले सकारात्मक सोच, उत्प्रेरणा तथा नेतृत्व विकासका विविध पक्षबारे सहजीकरण गरेका थिए। त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, मुख्य प्रबन्धक कृष्णबहादुर खड्का, कर्जा लगानी तथा असुली विभाग प्रमुख विराटपति नाथ गच्छदार, लेखा विभाग प्रमुख टोपबहादुर थापा, सूचना प्रविधि विभाग प्रमुख मनीष श्रेष्ठ तथा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख इन्द्रप्रसाद पाण्डेले आ–आफ्नो विभागसँग सम्बन्धित नीति, कार्यप्रणाली तथा कार्यसम्पादन सुधारका विषयमा प्रस्तुति दिएका थिए।

संस्थाका अनुसार तालिमले कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै शाखा सञ्चालनलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अभियान लघुवित्तले समयानुकूल तालिम तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिँदै संस्थागत उत्कृष्टता हासिल गर्ने रणनीति अवलम्बन गर्दै आएको जनाएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु