तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १४ गते, बिहीबार २०:२७

२०८३ श्रावण १४, काठमाडौं

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको छ।
यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना तथा ज्याकुजी सुविधा, जिम, स्विमिङ पूल र टेनिस सुविधाहरू पर्दछन् जसले ट्रन्क्यूलिटी स्पाको सञ्चालन, सरसफाइ मापदण्ड र ग्राहक सेवा प्रणालीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पूरा गरेको पुष्टि गर्दछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले भने, “यो आईएसओ ९००१ः२०१५ प्रमाणीकरण ट्रन्क्यूलिटी स्पाका लागि एउटा महत्वपूर्ण उपलब्धि हो, तर यसभन्दा बढी यो हाम्रो हरेक ग्राहकप्रतिको एउटा प्रतिबद्धता हो, कि उनीहरूले हाम्रो हरेक शाखामा उस्तै स्तरको हेरचाह, सरसफाइ र सेवा पाउनेछन्।ं।“
त्यसैगरी, कम्पनीका प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले थपे, “आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु भनेको वर्षौंदेखि ट्रन्क्यूलिटी स्पाले निर्माण गरेको प्रणाली र मापदण्डको प्रमाणीकरण हो। यसले हामीले प्रदान गर्ने प्रत्येक सेवामा निरन्तरता, सरसफाइ र गुणस्तरप्रतिको हाम्रो प्रतिबद्धतालाई झल्काउँछ, र यो हामीले निरन्तर उकास्दै लैजाने एउटा मापदण्ड हो।“
यो मान्यताले ट्रन्क्यूलिटी स्पालाई नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणित वेलनेस ब्रान्डको रूपमा स्थापित गरेको छ, जसले आफ्ना ग्राहकहरूलाई सुरक्षित र उच्च गुणस्तरको वेलनेस अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई झल्काउँछ।

ट्रन्क्यूलिटी स्पाको बारेमा
ट्रन्क्यूलिटी स्पाले १८ वर्षदेखि देश तथा विदेशमा उच्चस्तरीय वेलनेश सेवा प्रदान गर्दै आएको छ, काठमाडौको लाजिम्पाटबाट शुरु भएको यो स्पा अहिले काठमाडौँ, चितवन, पोखरा, भैरहवा र मलेसियाका प्रख्यात होटलहरुसँगको साइझादारीमा सञ्चालित छ । कम्पनीमा हाल ३ सय भन्दा बढीले रोजगारी पाएका छन् र कम्पनीको प्रशिक्षण विभाग ‘ट्रन्क्यूलिटी ईन्टरनेश्नल ब्यूटी एण्ड स्पा एकेडेमी’बाट ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेश सीप प्रदान गरिसकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु