
काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, नेपाल (LY 2026–2027) अन्तर्गत लायन्स क्लब अफ काठमाडौं महिमा को आयोजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत संकलन भएको छ।
क्लबका चार्टर प्रेसिडेन्ट गणेश आचार्य को नेतृत्वमा आयोजित कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदानमार्फत जीवन बचाउने मानवीय अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नागदर्शन टोल सुधार समिति, मुलपानी–६ तथा सुनुवार सेवा समाज कागेश्वरी मनोहरा नगर समिति ले सह–आयोजकको भूमिका निर्वाह गरेका थिए भने TU Lions Blood Transfusion and Research Center, कीर्तिपुर ले प्राविधिक सहयोग प्रदान गरेको थियो।
आयोजकका अनुसार संकलित ३५ पिन्ट रगतले आकस्मिक अवस्था तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने धेरै बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सह–आयोजक संस्था, प्राविधिक टोली, स्वयंसेवक तथा अमूल्य रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति लायन्स क्लब अफ काठमाडौं महिमा ले हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ।
क्लबले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा यस्ता मानवीय र रचनात्मक अभियानलाई निरन्तरता दिँदै समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।


