दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बहुचर्चित गायक तथा सर्जक ढकालको तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण २० गते, बुधबार ८:४७

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यही अवसरमा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक गरिएको छ।

गीतमा शब्द तथा संगीत बिनोद ढकालकै रहेको छ भने गायिका सीमा नेपाली र रिया सुनारले स्वर दिएका छन्। कृष्ण लामिछानेको संगीत संयोजन रहेको गीतलाई हेमराज दांगीले मिक्स तथा मास्टरिङ गरेका हुन्।

दिनेश सिंह ठाकुरीको निर्देशन रहेको म्युजिक भिडियोमा जुना कार्की, बिनोद ढकाल र जुनु रिमालको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी प्रेम दर्नालले गरेका छन् भने छायांकन सरोज ठाकुरी र सम्पादन तथा रङ संयोजन राजेश कुमारले गरेका हुन्।

‘झुम्का कस्तो छ’ तीजको मौलिक संस्कृति, उत्सव र मनोरञ्जनलाई समेटेर तयार पारिएको गीत हो। आकर्षक भिडियोसहित सार्वजनिक भएको यस गीतलाई दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

उक्त गीत बिनोद ढकालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

हेर्नुस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु