दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संस्कृति र कान्जिरोवा विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण २६ गते, मंगलवार ५:२८

संस्कृति इन्टरनेसनल स्कुल र कान्जिरोवाले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले मेरिडियनलाई ३–२ तथा कान्जिरोवाले इम्पेरियल वल्र्डलाई ३–० गोलले पराजित गरे । सोही स्पर्धामा युरो, हात्तीगौडा र संस्कृति तथा भक्तपुर निस्ट र जोन डेवीले गोलरहित बराबरी खेले । काठमाडौं प्रज्ञा कुञ्ज र युरो, बानियाँटारबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको सिनियर गल्र्सको खेलमा जोन डेवीले मेरिडियनलाई ३–० तथा इम्पेरियलले युरो, बानियाँटारलाई १–० गोलले पाखा लगाए । संस्कृति विरुद्ध भने इम्पेरियल गोलरहित बराबरीमा रोकियो ।
जुनियर ब्वाइजमा संस्कृतिले भक्तपुर निस्टलाई ४–० तथा काठमाडौं प्रज्ञा कुञ्जले युरो, बानियाँटारलाई १–० गोलले पन्छाए । मेरिडियन र इम्पेरियलबीचको गोलरहित बराबरीमा टुंगियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु