दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रमेश श्रेष्ठलाई एसिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६ अन्तर्गत सामाजिक सेवा सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार १८:१२

काठमाडौं — ज्ञानचक्षु इङ्लिस स्कुलका संस्थापक अध्यक्ष, शिक्षासेवी तथा समाजसेवी रमेश श्रेष्ठ थाइल्यान्डमा आयोजित ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत ‘सामाजिक सेवा सम्मान’बाट सम्मानित भएका छन्।

शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान, नेतृत्व क्षमता र समाजसेवाप्रतिको समर्पणको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो। विशेष समारोहमा प्रदान गरिएको सम्मानले नेपाली शिक्षासेवा तथा सामाजिक योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाएको आयोजकले जनाएको छ।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले शिक्षा र सामाजिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तित्वलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गर्नु गौरवको विषय भएको बताए। उनले यस्ता सम्मानले शिक्षा र समाजसेवामा सक्रिय व्यक्तिलाई थप प्रेरणा मिल्ने धारणा व्यक्त गरे।
सापकोटाले नेपाल–थाइल्यान्ड सम्बन्धलाई शिक्षा, संस्कृति, समाजसेवा र पर्यटनसँग जोडेर थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा शिक्षा, सामाजिक सेवा, पर्यटन, व्यवसायलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले शिक्षा र सामाजिक सेवामार्फत समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नु संस्थाको उद्देश्य रहेको बताए। उनले श्रेष्ठको सम्मानले नेपाली शिक्षा तथा समाजसेवाको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

श्रेष्ठले प्राप्त सम्मानले आगामी दिनमा शिक्षा र सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु