तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युवा व्यवसायी महेशराज थापालाई थाइल्यान्डमा सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार १८:२०

काठमाडौं — युवा व्यवसायी तथा समाजसेवी एवं सोफा हबका सञ्चालक महेशराज थापा थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा सम्मानित भएका छन्।

व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदान, युवा उद्यमशीलताको प्रवर्द्धन तथा सामाजिक सेवामा देखाएको सक्रियताको कदरस्वरूप थापालाई उक्त सम्मान प्रदान गरिएको हो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, सामाजिक सेवा, सञ्चार, पर्यटन, शिक्षा लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले युवाको उद्यमशीलता र सामाजिक सक्रियताले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिने युवालाई यस्ता सम्मानले थप उत्साह र प्रेरणा प्रदान गर्ने उनको भनाइ थियो।
सापकोटाले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई व्यापार, पर्यटन तथा सामाजिक सहकार्यका माध्यमबाट अझ विस्तार गर्नुपर्नेमा जोड दिँदै नेपाली युवा उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न आवश्यक रहेको बताए।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले व्यवसायसँगै समाजप्रतिको उत्तरदायित्व बहन गर्दै अघि बढ्ने युवा उद्यमीलाई सम्मान गर्नु संस्थाको उद्देश्य रहेको बताए। उनले महेशराज थापाजस्ता ऊर्जाशील युवाको योगदानले नयाँ पुस्तालाई उद्यमशीलता र सामाजिक सेवातर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

थापालाई प्राप्त सम्मानले उनको व्यवसायिक यात्रा, युवा उद्यमशीलता तथा सामाजिक सेवामा पुर्‍याउँदै आएको योगदानलाई थप प्रोत्साहन मिलेको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु