दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामाजिक सेवा र अपाङ्गता अधिकारका अभियन्ता प्रकाश श्रेष्ठ थाइल्यान्डमा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार १८:४७

काठमाडौं — सामाजिक सेवामा सक्रिय प्रकाश श्रेष्ठ थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ मा ‘सामाजिक सेवा युवा अपाङ्गता पैरवी सम्मान’ बाट सम्मानित भएका छन्।

सामाजिक सेवा, अपाङ्गता अधिकारको पैरवी तथा समुदायमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो। वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा १६ अगस्टमा सम्पन्न कार्यक्रममा नेपाल तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाल र थाइल्यान्डबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई अझ विस्तार गर्नुपर्ने बताए। उनले थाइल्यान्डका नागरिकलाई नेपाल भ्रमणमा आकर्षित गर्न नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको उल्लेख गरे।

सापकोटाले विशेषगरी लुम्बिनीलाई थाइल्यान्डका पर्यटकमाझ प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथलगायत धार्मिक गन्तव्यलाई केन्द्रमा राखेर पर्यटन प्याकेज निर्माण गर्न सके नेपालमा थाई पर्यटकको संख्या बढाउन सकिने उनको भनाइ थियो।
उनले नेपाल–थाइल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई पर्यटनसँग जोड्दै दुई देशबीच पर्यटक आवागमन, सांस्कृतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा गैरआवासीय नेपाली संघ–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

सभापति सापकोटाले सामाजिक सेवा तथा अपाङ्गता अधिकारका क्षेत्रमा योगदान पुर्‍याउने युवालाई सम्मान गर्नुका साथै नेपाल र थाइल्यान्डबीचको मैत्री, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले प्रकाश श्रेष्ठको सम्मान सामाजिक सेवा र अपाङ्गता अधिकारका क्षेत्रमा सक्रिय युवाका लागि प्रेरणादायी उपलब्धि भएको बताए। उनले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र समान अवसरका लागि निरन्तर आवाज उठाउने युवाको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गर्नु सकारात्मक कदम भएको उल्लेख गरे। “समाजमा पछाडि परेका समुदायको आवाजलाई मूलधारमा ल्याउन सक्रिय युवालाई प्रोत्साहन गर्नु हाम्रो पनि दायित्व हो,” चौलागाईंले भने।

श्रेष्ठलाई प्राप्त सम्मानले सामाजिक सेवा तथा अपाङ्गता अधिकारको क्षेत्रमा उनले पुर्‍याउँदै आएको योगदानलाई अन्तर्राष्ट्रिय पहिचान मिल्नुका साथै आगामी दिनमा थप सक्रिय भएर काम गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु