दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुरुमाता आनन्दी श्रेष्ठ ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार १८:५५

काठमाडौं — परम आदरणीय गुरुमाता श्री आनन्दी श्रेष्ठ ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। सनातन हिन्दु धर्मको संरक्षण, संवर्द्धन तथा प्रचार–प्रसारसँगै समाजमा सत्य, धर्म, करुणा, प्रेम, सेवा, सदाचार र मानवीय मूल्यको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मानपत्रमा गुरुमाता श्रेष्ठले पाथीभरा वनदेवी एवं तेत्तिसकोटी देवी–देवताको दैवी शक्तिप्रतिको आस्था र विश्वासका माध्यमबाट मानव कल्याण तथा धार्मिक चेतना अभिवृद्धिका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले धर्म, संस्कृति र मानवीय सेवामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नु समाजका लागि प्रेरणादायी भएको बताए।

उनले आध्यात्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै नेपाललाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा आध्यात्मिक चेतनाको जागरणका क्षेत्रमा लामो समयदेखि समर्पित श्रेष्ठको योगदान प्रेरणादायी र अनुकरणीय रहेको आयोजकले जनाएको छ।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको आयोजनामा प्रदान गरिएको ‘एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६’ अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको जनाइएको छ।

श्रेष्ठलाई सम्मान गर्दै आयोजकले उनको सुस्वास्थ्य, दीर्घायु, आध्यात्मिक तेज तथा समाज, राष्ट्र र मानव कल्याणका लागि अझ दीर्घकालसम्म सेवा गर्ने सामर्थ्यको कामना गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु