दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रीमतीले श्रीमानलाई पेट्रोल छर्केर जलाइन्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ४ गते, शुक्रबार १९:०९

काठमाडौं : श्रीमान श्रीमतीबीच सामान्यतया विवाद हुनु स्वभाविक हो । कहिलेकाहीँ स–साना कुराले उग्ररुप लिन्छ । इन्डोनेशियामा यस्तै घटना सार्वजनिक भएको छ । जसलाई सुनेर जो कोही अचम्म पर्छ । सोच्नै नसकिने बिषयले भयावह रुप लिएको छ । डेली मेलले बताए अनुसार एक इन्डोनेशियाली महिलाले आफ्नो श्रीमानलाई फोनको पासवर्ड मागेकी थिईन् । उनका पतिले पासवर्ड दिन मानेनन् । श्रीमतीको रिसको सीमा रहेन, श्रीमानलाई जिउँदै जलाएकी छन् । २६ वर्षीय युवकले मोबाईल पासवर्डकै कारण ज्यान गुमाउनु परेको छ ।

डेडी आफ्नो घरको छत मर्मत गर्दै थिए । उसकी श्रीमती इल्हाम चहयानी (२५ वर्षीया)ले उनलाई मोबाईल मागिन् । पासवर्ड दिन भनिन् । डेडीले पासवर्ड नदिने बताए । त्यसपछि दुवै जनाबीच झगडा शुरु भयो । भनाभनपछि डेडीले इल्हामलाई कुटपिट गरे । लडाइँपछि इल्हामले डेडीको शरीरमा पेट्रोल छर्किन् । र आगो लगाइदिईन् । डेडी पुरै जलिसकेका थिए र दुई दिनपछि उनको मृत्यु भयो । अहिले इल्हाम प्रहरीको नियन्त्रणमा रहेकी छन् । थप अनुसन्धान भइरहेको ईन्डोनेशियाली प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु