तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

थाइल्यान्डका सफल नेपाली व्यवसायी पदमलाल काफ्लेलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार २०:४१

काठमाडौं — थाइल्यान्डमा व्यवसाय तथा हस्पिटालिटी क्षेत्रमा सफलतापूर्वक स्थापित पदमलाल काफ्ले थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा सम्मानित भएका छन्।

व्यवसाय तथा हस्पिटालिटी क्षेत्रमा पुर्‍याएको योगदान, व्यावसायिक नेतृत्व, सेवा क्षेत्रको विकास तथा नेपाल–थाइल्यान्डबीचको व्यावसायिक सम्बन्ध विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप काफ्लेलाई उक्त सम्मान प्रदान गरिएको हो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, पर्यटन, हस्पिटालिटी, सामाजिक सेवा, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले विदेशमा रहेर नेपाली व्यवसायीले हासिल गरेको सफलता र सिर्जना गरेको पहिचान नेपालका लागि गौरवको विषय भएको बताए। उनले हस्पिटालिटी तथा पर्यटन क्षेत्रलाई नेपाल–थाइल्यान्डबीचको आर्थिक र सांस्कृतिक सम्बन्धसँग जोडेर थप विस्तार गर्नुपर्नेमा जोड दिए।

सापकोटाले थाइल्यान्डमा रहेका नेपाली व्यवसायीले नेपालको पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्न सक्ने उल्लेख गर्दै नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई थाई तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ प्रभावकारी रूपमा प्रचार गर्न आवश्यक रहेको बताए।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले पदमलाल काफ्लेको सम्मान थाइल्यान्डमा नेपाली व्यवसायीले हासिल गरेको सफलता र योगदानको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले हस्पिटालिटी क्षेत्रमा नेपाली व्यवसायीको उपस्थिति र सफलताले अन्य नेपाली युवालाई समेत अन्तर्राष्ट्रिय बजारमा अघि बढ्न प्रेरणा दिने उल्लेख गरे।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

पदमलाल काफ्लेलाई प्राप्त सम्मानले थाइल्यान्डमा नेपाली व्यवसायीको उपस्थिति, क्षमता र योगदानलाई थप उजागर गरेको आयोजकले जनाएको छ। काफ्लेलाई सम्मानका लागि हार्दिक बधाई तथा आगामी व्यावसायिक यात्राका लागि शुभकामना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु