दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नानुकाजी अर्याललाई ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ४ गते, बिहीबार २०:५८

काठमाडौं — नमस्ते ट्राभल एन्ड टुरिजम, यूएईका निर्देशक नानुकाजी अर्याल थाइल्यान्डमा आइतबार आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन्।

पर्यटन तथा ट्राभल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदान, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खेलेको भूमिका तथा नेपाललाई विश्व पर्यटन बजारसँग जोड्न गरेको पहलको कदरस्वरूप अर्याललाई उक्त सम्मान प्रदान गरिएको हो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा पर्यटन, व्यवसाय, सामाजिक सेवा, शिक्षा, सञ्चार तथा अन्य क्षेत्रमा योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले विदेशमा रहेर नेपाली पर्यटनको प्रवर्द्धनमा सक्रिय पर्यटन व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताए। उनले नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न निजी क्षेत्र, ट्राभल व्यवसायी तथा प्रवासी नेपालीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

सापकोटाले नेपाल–थाइल्यान्ड तथा नेपाल र अन्य अन्तर्राष्ट्रिय बजारबीच पर्यटन सम्बन्ध विस्तार गर्दै धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको प्रभावकारी प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए। लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, सगरमाथा, पोखरा तथा चितवनजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटकमाझ प्रवर्द्धन गर्न सके नेपालको पर्यटन उद्योगलाई थप लाभ पुग्ने उनको भनाइ थियो।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले नानुकाजी अर्याललाई प्रदान गरिएको सम्मान अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीले पुर्‍याउँदै आएको योगदानको कदर भएको बताए। उनले विदेशमा रहेर नेपाललाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न यस्ता सम्मानले थप ऊर्जा प्रदान गर्ने उल्लेख गरे।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।

अर्याललाई प्राप्त सम्मानले नेपाली पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय पहिचान थप विस्तार गर्न सहयोग पुगेको आयोजकले जनाएको छ। उनलाई सम्मानका लागि हार्दिक बधाई तथा आगामी पर्यटन व्यवसायिक यात्राका लागि शुभकामना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु