दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र ६ गते, शनिबार १२:५९

काठमाडौं, भदौ ६ । चर्चित भारतीय चलचित्र गायिका तथा मञ्च प्रस्तोता शेफाली अल्भारेस आगामी असोज १७ गते शनिबार काठमाडौंमा लाइभ सांगीतिक प्रस्तुति दिने भएकी छन्। उनको सांगीतिक कार्यक्रम काठमाडौंस्थित नोभा क्लबमा आयोजना हुनेछ।

सुमधुर स्वर, ऊर्जावान मञ्च प्रस्तुति तथा लोकप्रिय नृत्यप्रधान गीतका लागि परिचित अल्भारेसले कार्यक्रममा आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्। उनका गीतहरूले भारतका विभिन्न मनोरञ्जनस्थल तथा सांगीतिक समारोहमा विशेष लोकप्रियता हासिल गरेका छन्।

कार्यक्रममा ‘सुभा होने ना दे’, ‘तू मेरा हिरो’, ‘तेरा नाम जपदी फिरा’, ‘रट्टा मार’, ‘पार्टी अन माइ माइन्ड’, ‘लट लग गई’, ‘बदतमीज दिल’, ‘ओ गुजरिया’, ‘एनीबडी क्यान डान्स’, ‘जी फाड के’ र ‘ट्याटु’ लगायतका चर्चित गीत प्रस्तुत हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमलाई बलिउड संगीत तथा मनोरञ्जनप्रेमी दर्शकका लागि विशेष सांगीतिक उत्सवका रूपमा आयोजना गर्न लागिएको हो। प्रत्यक्ष गायन, आकर्षक मञ्च प्रस्तुति र मनोरञ्जनपूर्ण वातावरण कार्यक्रमका मुख्य आकर्षण रहनेछन्।

आयोजकले काठमाडौंका संगीत तथा रात्रिकालीन मनोरञ्जनप्रेमी दर्शकलाई विशेष सांगीतिक अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा विभिन्न मनोरञ्जनसम्बन्धी संस्था र साझेदारहरूको सहकार्य रहेको छ। टिकट बिक्री, सिट आरक्षण, अग्रिम टिकटमा उपलब्ध विशेष सुविधा तथा कार्यक्रमसम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु