तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

२०८३ भदौ १० गतेको राशिफल: यी राशिलाई आज धनलाभ, प्रेम र सफलताको योग!

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र १० गते, बुधबार ६:३४

२०८३ भदौ १० गते, बुधबार (२६ अगस्ट २०२६) को राशिफल यस्तो छ। आज चन्द्रमा मकर राशिमा र श्रवण नक्षत्रमा रहेको उल्लेख छ।

मेष: मेहनतले सफलता, मान–सम्मान र आर्थिक लाभ दिलाउन सक्छ। नयाँ तथा दिगो काम सुरु गर्ने अवसर।

वृष: सामाजिक जिम्मेवारीबाट लाभ हुनेछ। साथीभाइ तथा आफन्तसँगको सम्बन्ध राम्रो बन्नेछ।

मिथुन: चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छ। हल्लाको पछि नलाग्नुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्।

कर्कट: मनोरञ्जन र खर्चमा बढी समय जान सक्छ। आफन्तसँग असमझदारी हुनसक्छ, तर अध्ययनमा प्रगति हुनेछ।

सिंह: प्रतिस्पर्धामा सफलता मिल्नेछ। रोकिएका काम बन्ने र व्यापार–व्यवसायबाट लाभ हुने योग।

कन्या: आँट र आत्मविश्वासले लक्ष्य प्राप्त हुनेछ। सुखद समाचार आउन सक्छ; अध्ययन र बौद्धिक क्षेत्रमा प्रगति।

तुला: तत्कालको फाइदाभन्दा दीर्घकालीन योजनामा ध्यान दिनु राम्रो। पुराना कमजोरी सुधार्ने अवसर।

वृश्चिक: रोकिएका काम बन्नेछन्। व्यापार–उद्योगमा राम्रो लाभ र सहयोगीहरूको साथ मिल्नेछ।

धनु: अध्ययन तथा ज्ञानमा प्रगति। आम्दानीका स्रोत बढ्ने र नयाँ काम सुरु गर्ने अवसर।

मकर: नयाँ कामको प्रस्ताव आउन सक्छ। परिवारजनसँग भेटघाट र सामाजिक जमघटले खुसी बढाउनेछ।

कुम्भ: आम्दानी भए पनि बचत गर्न कठिन हुनसक्छ। लगानी र सरसापटमा सावधानी अपनाउनुहोस्।

मीन: आम्दानी र व्यवसायमा राम्रो लाभ। रोकिएका काम बन्ने तथा नयाँ आम्दानीका स्रोत भेटिने सम्भावना।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु