दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मंगोलियाका अपोजिटर हिटर इंख एर्डेन अन्नपूर्ण स्पाइकर किंग्समा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र १५ गते, सोमबार ५:१२

काठमाडौं, भदौ १४ गते । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट (एडी)लाई अनुबन्ध गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि मंगोलियाका इंख एर्डेनलाई अनुबन्ध गर्न पाउँदा अन्नपूर्ण स्पाइकर किंग्स उत्साहित छ ।
अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको इंख दोस्रो मंगोलियन खेलाडी हुन् । यसअघि नै अन्नपुर्णले मंगोलिया राष्ट्रिय टिममा स्टार आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरिसकेको छ ।

२६ वर्षीय अपोजित हिटर इंख एर्डेन मंगोलिया राष्ट्रिय टिमको सदस्य हुन् । उनीसँग मंगोलियाको लिग देखि दक्षिण कोरिया र इराकमा समेत क्लब लेभलमा खेलेको अनुभव छ ।
उनले केही समयअघि मात्रै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

६ फिट ६ इन्च अग्ला इंख इर्डेनको आगमनले अन्नपूर्ण स्पाइकर किंग्सको अट्याक लाइन अझै मजबुत र सन्तुलित हुने विश्वास छ ।
उनले सन् २०२२ मा मंगोलियाको मिनजित बुल्गान र २०२४ मा एसजी हवक्सबाट खेलेका थिए । दुवै पटक मंगोलिया प्रिमियर लिगमा कांस्य जितेका थिए ।

यस्तै उनले दक्षिण कोरियाको दाइजिओन सामसुङ ब्लुफाङ्ग्स र सुवन केप्को भिक्सटोर्मबाट खेलेका थिए भने इराकको मासाफी अलसेमालबाट पनि खेलेका छन् ।
अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि मंगोलियाका दुई खेलाडी अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । यस्तै अब बाँकी रहेको अर्को विदेशी खेलाडी पनि छिटै घोषणा हुनेछ ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको यस टिममा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीको रुपमा छन् । यस्तै गण्डकी प्रदेशकै रमेश केसी टिमको मुख्य प्रशिक्षकमा छन् भने नेपाली पुरुष राष्ट्रिय टिमका पूर्व खेलाडी तथा त्रिभुवन आर्मी क्लबका पनि पूर्व खेलाडी र हालका प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकको रुपमा छन् । यस्तै केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेका राजेन्द्र धामी पनि यस टिममा छन् ।

टिमका अन्य खेलाडीहरुमा गण्डकी प्रदेशकै चर्चित खेलाडी रबी केसी देखि देखि विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसी छन् । यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका लिबेरो जित बहादुर शार्की, देव राना पनि टिममा छन ।
यस्तै गण्डकीले युवा खेलाडीहरुलाई समेत स्थान दिने उदेश्य सहित ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ । हरेक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नुपर्ने प्रावधान अनुसार अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा ट्यालेन्ट हन्ट आयोजना गर्दै किरणलाई छनोट गरेको हो ।

स्वदेशी र विदेशी खेलाडीको मिश्रण अनी उत्कृष्ट कोचिङ स्टाफसहितको अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिगमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको छ ।
नेपाल भलिबल लिग यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला हाता भित्रको कभर्डहलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु