तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र १५ गते, सोमबार ८:०१

काठमाडौं, १४ भाद्र । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । युथ चेम्बरद्वारा संकलित सामाग्री समेत संलग्न गराई जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त राहत हस्तान्तरण गरिएको हो ।
चेम्बरले पठाएको राहत सामग्रीमा रेडिमेड सर्ट, चिउरा, विभिन्न प्रकारका बिस्कुट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायतका सामग्री रहेका छन् ।
हस्तान्तरण गरिएको राहत सामग्रीमा चिउरा ३४ बोरा तथा विभिन्न परिमाणमा थप चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै मह बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, आयो नुन टिसर्ट ७ कार्टुन, टुथपेस्ट १ कार्टुन, टुथब्रस २ कार्टुन, पञ्जा तथा मास्क ३ कार्टुन, अन्य टिसर्ट २ बोरा २५० थान, ‘आक्र्स फुड ’ लेखिएको टिसर्ट १ बोरा ७३ थान तथा दाल १ सानो बोरा (१० केजी) रहेको छ ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालले सहकार्य गरी बाढी प्रभावित नागरिकका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ । जसमा खानेपानी, चाउचाउ, बिस्कुट, टूथपेस्ट, टूथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा, ग्लोभ्स, लगायतका राहत सामग्री रहेका छन् ।
राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्यहरु कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो, रुजुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै चेम्बरले भारतबाट सोलार पावर बैंक ५०० थान मगाउने व्यवस्था गरेको छ ।

चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकारसँग सहकार्य गर्दै आएको जनाएको छ । बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा स्वास्थ्यजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीहरूबाट राहत संकलन गरिएको र यस कार्यलाई निरन्तरता दिईने पनि चेम्बरको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु