तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रसुवाको भोटेकोशी बाढीपीडितका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा एक करोड एक लाख सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ भाद्र २२ गते, सोमबार १९:३३

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको राहत तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले रु. १ करोड १ लाख सहयोग गरेको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी ब्रह्माकुमारी किरण दिदीज्यूले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी उक्त सेवा रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई चेकमार्फत हस्तान्तरण गर्नुभएको हो।

बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सेवा केन्द्रले जनाएको छ।

यस सहयोगका लागि आवश्यक रकम जुटाउन देश तथा विदेशबाट योगदान गर्नुहुने समस्त ब्रह्माकुमार/ब्रह्माकुमारी तथा आस्थावान श्रद्धालुहरूलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

मानवीय विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको साथमा उभिँदै पुनर्निर्माण कार्यमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगले राहत तथा पुनर्स्थापना प्रयासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु