
नेपाली कांग्रेस पार्टी अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गतको विश्व सञ्जालको प्रथम संयोजकको जिम्मेवारी विष्णु सुवेदीले पाएका छन् । विश्व सञ्जालले सुवेदीलाई उक्त जिम्मेवारीमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेस पार्टी अन्तर्गतको विश्व सञ्जालका मध्यपूर्व संयोजक नानु काजी अर्यालले सुवेदीलाई विश्व सञ्जालको प्रथम संयोजकमा नियुक्त गरिएको पुष्टि गरे ।
विश्व सञ्जालको नेतृत्वमा सुवेदीको नियुक्तिलाई नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय समन्वय तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिदै नयाँ जिम्मेवारीसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक तथा प्रवासी नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
साथै, पार्टीको विश्वव्यापी संगठन विस्तार, आपसी समन्वय र प्रवासमा रहेका नेपालीहरूको आवाजलाई थप प्रभावकारी रूपमा समेट्न सुवेदीको नेतृत्वले सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।


