तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सामदेन लामा निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३ गते, शनिबार १४:३७

३ असोज, काठमाडौँ । नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सामदेन लामा (दीपक) निर्वाचित भएका छन्। संघको शुक्रबार, २ असोज २०८३ मा सम्पन्न २४औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट लामाको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो।

संघको अधिवेशनको उद्घाटन समारोह निवर्तमान अध्यक्ष गणेश ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सामदेन लामा, महासचिवमा इन्द्रप्रसाद ढकाल, सचिवमा प्रकाश शर्मा र कोषाध्यक्षमा विमल चौहान चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष सामदेन लामाले आगामी दिनमा संघ तथा होटल व्यवसायीहरूको हकहित संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली होटल व्यवसायी संघ २०५७ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधिवत् रूपमा दर्ता भएको संस्था हो। संघले होटल व्यवसायीहरूको हकहित संरक्षणका साथै सामाजिक सेवामा समेत योगदान पुर्‍याउँदै आएको छ।

हाल संघमा काठमाडौँको गोंगबु क्षेत्रमा सञ्चालित ५०० भन्दा बढी होटल व्यवसायी सदस्य रहेको संघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु