
जब पुग्छु बिछ्यौनामा मनमा कुरा अत्ति खेल्छ ।
निद आउँदैन आँखामा मनमा कुरा अत्ति खेल्छ ।
तलमाथी दायाँबायाँ केलाउँछु जिन्दगिलाई ,
देख्छु जीवन अप्ठ्यारामा मनमा कुरा अत्ति खेल्छ ।
जसोतसो जसरिनी भुल्न खोज्छु निष्ठुरीलाई ,
याद पठाउँछे बदलामा मनमा कुरा अत्ति खेल्छ ।
कहिले बिहे गर्छस् बाबू छिट्टै लेरा एउटी दुलही ,
जब यसो भन्छिन् आमा मनमा कुरा अत्ति खेल्छ ।
अघिपछि मतलब हुन्न जब देख्छु आँखै अगि ,
जोडि ढुकुर बगैँचामा मनमा कुरा अत्ति खेल्छ ।।
रमेश घिमिरे “कर्मशील”
बनेपा ०२, घिमिरेगाउँ


