दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिरा राणाको एकल सांगीतिक साँझ भव्यतका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ५ गते, सोमबार १९:४६

काठमाडौ । ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणाको एकल सांगीतिक साँझ आइतबार राजधानीमा भव्यतका साथ सम्पन्न भएको छ। ६ दशक लामो सांगीतिक यात्राका चर्चित गीतमार्फत मिरा राणाले ७४ वर्षको उमेरमा आफ्नै जीवन र संगीत यात्रालाई सम्झँदै दर्शक तथा श्रोतामाझ प्रस्तुति दिएकी हुन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा खचाखच दर्शकका बीच सम्पन्न मिरा राणा एकल सांगीतिक साँझमा गायिका राणाले आफूले स्वर दिएका तथा संगीत भरेका लोकप्रिय गीतहरू प्रस्तुत गरिन्। उनको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेट्दै कार्यक्रममा विभिन्न गायक–गायिकाले मिराका गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशारलगायतले मिराका गीत गाएका थिए। मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए।
प्रकाश सायमीद्धारा सञ्चालित कार्यक्रममा मिराले स्वर सम्राट नारायण गोपालसँग गाएका तिमी देउ या नदेउ, मेरो जोवन लैजाऊ, आँखैमा कसैको तस्वीर बसेछ, बैनीको दया छ भनेलगायतका गीत प्रस्तुत गरिएको थियो। त्यस्तै शम्भुजीत बासकोटासँग गाएको नाच्देउ मैच्याङ र सिन्धुपालचोक जिल्लामा तथा कुमार बस्नेतसँगको मादल घनघन घन्काउँ कि, लेक फुल्यो लालीगुराँसलगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए। राणाका चर्चित एकल गीत मखमली चोलो चाहिँदैन, मात चढेको साँझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, बिर्सिएर मैले फेरि, आजसम्म जसरी बाँचेर आएँ, मेरो फूललाई वसन्त भयोलगायतका गीत पनि प्रस्तुत गरिएको थियो।
क्यान्सरलाई जितेकी र क्यान्सरकै कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी मिराले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मिरा राणा क्यान्सर समाज स्थापना गरी सोही समाजबाट कोष खडा गरेर क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरेकी हुन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आयोजक समाजले गायक कुमार बस्नेत तथा संगीतकारद्वय शम्भुजीत बासकोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा पनि गरेको छ। सो अवसरमा एक संस्थाले मिराको सांगितीक योगदानको सम्मानमा ५० हजार रुपियाँसहित उनलाई सम्मान पनि गरेको थियो।
मिरा राणाको लामो सांगीतिक यात्राका लोकप्रिय गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले उनको सांगीतिक योगदानलाई सम्झनाका रूपमा प्रस्तुत गरेको थियो भने क्यान्सरपीडितलाई सहयोग गर्ने अभियानलाई पनि अघि बढाएको छ।
तस्वीर : बद्री थापा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु