तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ९ गते, शुक्रबार ६:०४

काठमाडौं । सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।

यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो।

टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको आफ्नो दोस्रो यात्राका लागि आफू तयार रहेको बताए।

‘सुदूरपश्चिम रोयल्समा पुनः फर्कन पाउँदा म निकै उत्साहित छु। पहिलो संस्करणमा टोलीसँग बिताएको समय र नेपालमा पाएको अनुभव विशेष थियो। फेरि यही टोलीबाट एनपीएल खेल्ने अवसर पाउनु खुसीको कुरा हो। टोलीलाई राम्रो नतिजा दिलाउन आफ्नो तर्फबाट सक्दो योगदान गर्नेछु’ म्याकमुलेनले भने।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले म्याकमुलेनलाई पुनः टोलीमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभव र क्षमताले टोलीलाई थप बलियो बनाउने बताए।

‘ब्रान्डनलाई फेरि सुदूरपश्चिम रोयल्सको परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। उनीसँग पहिलो संस्करणमै टोलीसँग खेलिसकेको अनुभव छ र उनको अलराउन्ड क्षमताले टोलीलाई महत्वपूर्ण योगदान दिने विश्वास लिएका छौं। तेस्रो संस्करणमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं’ खड्काले भने।

सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन र इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु