
काठमाडौँ । वर्षा, सहकाल र समृद्धिको कामनासँग जोडिएको काठमाडौँको मौलिक पर्व इन्द्रजात्रा आज परम्परागत विधि र उल्लासका साथ मनाइँदैछ। इन्द्रध्वज स्थापना, कुमारीको रथयात्रा, भैरव–गणेशका जात्रा तथा परम्परागत नृत्यले उपत्यकाका पुराना बस्तीहरूमा सांस्कृतिक रौनक छाएको छ।
हिन्दु र बौद्ध परम्पराको अनुपम संगमका रूपमा रहेको इन्द्रजात्रामा जीवित देवी कुमारीको रथयात्रा मुख्य आकर्षण बनेको छ। जात्राले काठमाडौँको मौलिक नेवार संस्कृति, धार्मिक आस्था र सामुदायिक एकताको जीवन्त झल्को दिएको छ।


