
काठमाडौं, ११ असोज । आज देशका धेरै ठाउँमा मौसम बदली रहने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका धेरै ठाउँमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा तथा बागमती र कर्णालीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही ठाउँमा पानी पर्न सक्छ।
सुदूरपश्चिमका केही ठाउँ तथा गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी र हिमाली क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही ठाउँमा हावाहुरी चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा बादल लाग्नेछ। यी प्रदेशका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ।


