
के थाहा प्यारमा यस्ता यस्ता पनि दिवाना आउछन्
हुन लाई एक्लै एक्लै पागल , मैखाना आउछन्
के के आउछ घुस स्वरुप कुन्नी हजुरको शहरमा
यता टेबुल मुनिका कुरा मै ,बिगा आना आउछन्
बा ,भुले जवानीको बगैचा खोजेर परदेशमा
सन्तानले पर्खी रहे बा सङ्गै नयाँ नाना आउछन्
हिजो म नहुदा संसार नभए झै गर्ने तपाइँ मैसाप
आज झुट तार्न हजुरलाइ त अनेक बहाना आउछन् ।
यो तन बुढो भए पनि मन त बुढो नहुने रहेछ नि
याद भएर बुढेसकालमा हसाउन जमाना आउछन्
अबिरल घिमिरे (“पाखेलेखक✍️”)
ठेगाना :महाङ्काल गाउपालिका वार्ड -५” ललितपुर


