तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मोहमद र केनिशलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन १२ गते, सोमबार ६:३१

काठमाडौं । नेपालका मोहमद सामी र केनिश खड्काले चीनको हाइनान प्रान्तस्थित वानिबमा
आयोजना भएको हाइनान सिबलोब अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक
जितेका छन् । सामी र केनिशले पुरुष ४५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
यसैगरी सुष्टि विक र सोया चक्रधरले महिला ५९ केजी तथा श्रेयास तिवारीले १५ देखि १७ वर्ष
उमेर समूहको एकल पुम्सेमा स्वर्ण पदक हात पारेका थिए । यसैगरी सुविन सापकोटाले १२–१४
वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेमा स्वर्ण जित्दा सुभम रायमाझीले १५–१७ वर्ष उमेर
समूहको एकल पुम्से र ६८ केजी तौल समूहमा रजत जितेका थिए । यस्तै सुजल लो तामाबले
१२–१४ वर्षको व्यक्तिगत पुम्सेमा रजत, निर्भिग्न घिमिरेले ग्योरोगीको ५१ केजी र
१२–१४ उमेर समूहको एकल पुम्सेमा कांस्य पदक जितेका थिए । प्रिन्स बोगटीले दोहोरो
कांस्य जित्ने क्रममा ग्योरोगीको पुरुष २६ केजी र पुम्सेको १०–१२ वर्ष उमेर समूहमा
प्रतिस्पर्धा गरेका थिए । यसैगरी सृष्टि शेरचनले १३–१७ वर्ष उमेर समूहको महिला एकल पुम्सेमा
कांस्य पदक जित्न सफल भएकी थिइन् ।
नेपाली टोलीको प्रशिक्षकमा प्रविण श्रेष्ठ र ओम भण्डारी तथा टोली व्यवस्थापकको भूमिकामा
प्रल्हाद थापा सहभागी भएका थिए । वानिब नगरपालिका, हाइनान तेक्वान्दो संघ तथा स्थानीय
खेलकुद निकायको आयोजनामा सेप्टेम्बर २५ देखि २७ सम्म सिबलोब झोबआओ स्पोट्सर्
स्टेडियममा प्रतियोगिता सञ्चालन भएको थियो । अन्तर्राष्ट्रिय खेलकुदसँगै साँस्कृतिक
आदान–प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी
सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु