
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुने तयारीमा जुटेकी छन्। उनले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्।
थापाले सामाजिक सञ्जालमार्फत कांग्रेसको महाधिवेशनमा सक्रिय सहभागिता जनाउँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा रहेको जानकारी गराएकी हुन्।
एनआरएनएमा नेतृत्व गरिसकेकी थापा नेपाली डायस्पोरा, सामाजिक क्षेत्र तथा महिला नेतृत्वका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। उनी एनआरएनएको नेतृत्व तहमा पुग्ने पहिलो महिला अध्यक्षसमेत हुन्।


