
काठमाडौँ । देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव रहेकाले सोमबार विभिन्न भू–भागमा मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्नेछ।
कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मौसम परिवर्तनलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


