तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २० गते, मंगलवार ६:४१

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।

साझेदारीअन्तर्गत नेसनल प्याथ ल्याबले प्रतियोगिताका क्रममा सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ।

नेसनल प्याथ ल्याबले खेलाडीहरूको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय डायग्नोस्टिक सेवा उपलब्ध गराएर नेपाली क्रिकेटको विकासमा योगदान गर्न पाउँदा खुसी र गौरवान्वित रहेको जनाएको छ। साथै, एनपीएल यात्रामा जिम्मेवार मेडिकल पार्टनरका रूपमा सुदूरपश्चिम रोयल्सलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले खेलाडीहरूको स्वास्थ्य र फिटनेस टोलीको सफलताका महत्वपूर्ण आधार भएको बताए।

“खेलाडीको स्वास्थ्य र फिटनेस हाम्रो प्राथमिकतामा पर्छ। एनपीएलजस्तो लामो र प्रतिस्पर्धात्मक प्रतियोगितामा खेलाडीलाई आवश्यक स्वास्थ्य तथा डायग्नोस्टिक सेवा समयमै उपलब्ध हुनु महत्वपूर्ण हुन्छ। नेसनल प्याथ ल्याबजस्तो विश्वासिलो संस्थासँग मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं। उहाँहरूको विशेषज्ञता र सहयोगले हाम्रो टोलीलाई प्रतियोगिताभर थप आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौं,” खड्काले भने।

नेसनल प्याथ ल्याब र सुदूरपश्चिम रोयल्सबीचको सहकार्यले खेलाडीको स्वास्थ्य सुरक्षासँगै नेपाली क्रिकेटमा स्वास्थ्यसम्बन्धी व्यावसायिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु