तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २४ गते, शनिबार ५:५७

जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।
जापानको आइची–नागोयमा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने पाँचौं पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न ८ खेलमा १९ खेलाडी सहभागी हुने छन् ।
तेक्वान्दोमा पलेशा गोबर्धन र रेनु तामाङ, एथलेटिक्समा प्रभा आङदेम्बे, श्रृष्टि धेवाजु, मोहन रोका, हिमाल अर्याल र राजु गुरुङ, ब्याडमिन्टनमा प्रकाश अधिकारी, टेबलटेनिसमा केशव थापा, डिगमसिंह चेमजोङ, निर्मला भण्डारी, स्वीकृति न्यौपाने र विवेक राई, पावर लिफ्टिङमा रजनी राई र पवन घर्ती मगर, पौडीमा जेनिशा कडायत र हर्कमान घर्ती, जुडोमा संकल्प आचार्य र ह्वीलचेयर टेनिसमा रामबहादुर तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकतर्फ तेक्वान्दोमा कविराज नेगी लामा, एथलेटिक्समा ओलम्पियन विमला राना मगर, ब्याडमिन्टनमा छविलाल शाही, टेबलटेनिसमा बसन्त भारती, पावर लिफ्टिङमा क्याब्लिन महर्जन, पौडीमा शुभ श्रेष्ठ, जुडोमा योगेन्द्र विष्ट र ह्वीलचेयर टेनिसमा सूर्यभूषण वज्राचार्य छन् ।

टोलीको सेभ दि मिसनमा केदारबाबु सिवाकोटी, अफिसियलमा विश्वास बस्नेत, राधा घले, टेकबहादुर गुरुङ, पशुपति पराजुली, दीपक केसी, ओमनाथ सिवाकोटी, सुनिता पराजुली, टेकबहादुर शाही ठकुरी, रामचन्द्र श्रेष्ठ, सरोज श्रेष्ठ, राजीव प्रधान, छिरिङ लामा, गणेशबहादुर खत्री, माधवप्रसाद चौलागाईं, विकास थापा, अमोद कार्की, साङबु भोटे, सुनिता तामाङ, अञ्जना श्रेष्ठ र ज्याननारायण श्रेष्ठ रहेका छन् । चिकित्सकमा दीपक श्रेष्ठ छन् ।

तेक्वान्दो र जुडो टोली शनिबार जापान प्रस्थान गर्ने सेभ दि मिसन सिवाकोटीले जनाएका छन् । बाँकी टोली क्रमैसंग जापान जाने छन् ।
नेपाल पहिलो संस्करणदेखि नियमित रुपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ । चार संस्करणको समाप्तिसम्म पारा एसियाली खेलकुदमा नेपालले १ पदक जितेको छ । तेक्वान्दोकी पलेशा गोबर्धनले चीनको हाङझावमा भएको चौथो संस्करणमा कांस्य जितेकी थिइन् । पलेशा पेरिस पारालिम्पिककी पनि कांस्य पदक विजेता हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु