
काठमाडौं । आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा–आराधना गरिँदैछ। धार्मिक मान्यताअनुसार देवी कुष्माण्डाले आफ्नो दिव्य शक्तिबाट ब्रह्माण्डको सृष्टि गरेकी हुन्।
अष्टभूजा देवी सिंहमा विराजमान हुनुहुन्छ। उहाँको आराधनाले आयु, यश, बल र आरोग्य बढ्ने विश्वास गरिन्छ। आज देवीलाई कुभिण्डो तथा मालपुवा अर्पण गर्ने परम्परा पनि छ।
देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो छ।


