तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विपद्पीडित सामुदायिक कुकुर र बिरालाका लागि टिमुरेमा खाद्य सामग्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन २८ गते, बुधबार १२:३०

काठमाडौं । विपद्का कारण भोक र अभावमा रहेका सामुदायिक कुकुर तथा बिरालाहरूका लागि रसुवाको टिमुरेमा खाद्य सामग्री पुर्‍याइएको छ। सडक तथा स्थलमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा रहेका जनावरसम्म पुग्न कठिन भइरहेका बेला Temple Dog Rescue को पहल, International Fund for Animal Welfare (IFAW) को सहयोग तथा नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) को समन्वयमा सहयोग अभियानलाई निरन्तरता दिइएको हो।

विपद्का कारण मानिससँगै कुकुर र बिरालाहरू पनि खाना तथा पानीको अभावमा प्रभावित भएका छन्। मानिसका लागि राहत तथा उद्धारका प्रयास भइरहँदा आफ्नो भोक र पीडा व्यक्त गर्न नसक्ने जनावरहरू भने प्रायः ओझेलमा पर्ने गरेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै उनीहरूका लागि आवश्यक खाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको हो।

यसअघि रसुवाको स्यार्फुवेशीमा विपद्का कारण लामो समयदेखि खाना नपाएका करिब ६०–७० वटा सामुदायिक कुकुरका लागि खाद्य सामग्री पुर्‍याइएको थियो। सडक सम्पर्क विच्छेद भएका कारण प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन कठिन भइरहेको अवस्थामा Temple Dog Rescue ले IFAW को सहकार्यमा उपलब्ध गराएको सहयोगलाई NAWES ले सरकारी निकायसँग समन्वय गरी विश्व खाद्य कार्यक्रम (WFP) को हेलिकप्टरमार्फत दुर्गम क्षेत्रमा रहेका कुकुरसम्म पुर्‍याउन सहजीकरण गरेको थियो।

स्यार्फुवेशीपछि टिमुरेमा समेत कुकुर र बिरालाहरूका लागि सहयोग पुर्‍याइनुले विपद्को समयमा जनावरको जीवन र कल्याणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता उजागर गरेको छ। कठिन भौगोलिक अवस्था र यातायात अवरोधका बीच Temple Dog Rescue, IFAW, NAWES, सरकारी निकाय तथा WFP लगायतको सहकार्यले प्रभावित जनावरसम्म खाद्य सामग्री पुर्‍याउने प्रयासलाई निरन्तरता दिन सम्भव बनाएको हो।
NAWES की अध्यक्ष सुमेधा गौतम मैनालीले विपद्का कारण भोकै बस्न बाध्य जनावरसम्म खाना पुर्‍याउन सक्नु सन्तोष र खुसीको विषय भएको बताइन्। मानिसहरूका लागि राहत पुगिरहँदा बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले अभियानमा सहकार्य गरिएको उनको भनाइ छ।

त्यस्तै, NAWES का कार्यकारी निर्देशक हरि प्रसाद जोशीले विपद्का बेला पशुहरू पनि उत्तिकै प्रभावित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको अभिन्न हिस्साका रूपमा लिनुपर्ने बताए। जनावरहरूले आफ्नो भोक र पीडा व्यक्त गर्न वा आफैं सहयोग माग्न नसक्ने भएकाले कठिन अवस्थामा उनीहरूसम्म खाना र आवश्यक सहयोग पुर्‍याउनु मानवीय जिम्मेवारीसमेत भएको उनले बताए।
विपद्को असर मानिसमा मात्र सीमित हुँदैन। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण जनावरको बासस्थानमा क्षति पुग्नु, खाना र पानीको पहुँच बन्द हुनु तथा सुरक्षित स्थानमा पुग्न नसक्नुजस्ता समस्या उत्पन्न हुन्छन्। विशेषगरी सामुदायिक कुकुर र बिरालाका लागि यस्तो अवस्था थप कठिन बन्न सक्छ।

स्यार्फुवेशीदेखि टिमुरेसम्म विस्तार भएको सहयोग अभियानले विपद् व्यवस्थापनमा मानिससँगै जनावरको जीवन र कल्याणलाई पनि समेट्नुपर्ने सन्देश दिएको छ। समयमै खाना, पानी र आवश्यक सहयोग उपलब्ध गराउन सके विपद्का बेला जोखिममा परेका जनावरको जीवन रक्षा गर्न महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु