तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नगरकोटमा ‘चङ्गा चेट’को रौनक, पहिलो दिनमै स्वदेशी–विदेशी पर्यटकको घुइँचो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३१ गते, शनिबार ५:४९

नगरकोट, दसैँको सांस्कृतिक परम्परा संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटमा चारदिने ‘चङ्गा चेट’ उत्सव सुरु भएको छ। उत्सवको पहिलो दिन स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी सहभागी भएका छन्।

अक्टोबर १४ देखि १७ (असोज २८ देखि ३१) सम्म सञ्चालन हुने उत्सवमा चङ्गा उडान, लाइभ म्युजिक, स्ट्यान्डअप कमेडी, पोटरी, फेस पेन्टिङ तथा विभिन्न परिकारका फुड स्टल मुख्य आकर्षण रहेका छन्।

उत्सवमा पर्यटन क्षेत्रका व्यवसायी, नगरकोट–नाल्दुम पर्यटन विकास समितिका प्रतिनिधि, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

माउन्टेन भिस्टा रिट्रीटका अध्यक्ष अर्जुन सिंह ठकुरीले दसैँमा चङ्गा उडाउने परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउँदै नगरकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए।

“नगरकोटको प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र मनोरञ्जनलाई जोडेर यसलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ चिनाउनु हाम्रो उद्देश्य हो,” उनले भने।

आयोजकका अनुसार नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि हुँदै आएका चङ्गा उडाउने कार्यक्रमको निरन्तरताका रूपमा ‘चङ्गा चेट’ आयोजना गरिएको हो। उत्सवले नेपाली चाडपर्वको मौलिकता जोगाउनुका साथै स्थानीय पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

असोज ३१ गतेसम्म चल्ने उत्सवमा आगामी दिनमा पनि सांगीतिक प्रस्तुति, चङ्गा उडान र मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन्। ‘यसपालिको दसैँ, आकाशमा चङ्गा, मनमा उमङ्ग!’ नारासहित आयोजित उत्सवमा आयोजकले सबैलाई सहभागी हुन आह्वान गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु