दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इच्छुमती उपभोक्ता समितिको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३१ गते, शनिबार १३:०३

काठमाडौं । विजयादशमी २०८३, शुभ दीपावली, छठ पर्व तथा आउँदै गरेका विभिन्न चाडपर्वको शुभ अवसरमा इच्छुमती उपभोक्ता समिति, कामपा–४, बालुवाटार को आयोजनामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार बिहान सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा समितिका शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले एक–अर्कामा पर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी भाइचारा, सद्भाव, आत्मीयता र सामाजिक एकताको भावना अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै इच्छुमती उपभोक्ता समितिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले नेपाली समाजमा चाडपर्वले आपसी प्रेम, सद्भाव, सहकार्य र एकताको भावना थप मजबुत बनाउने बताउनुभयो।

उहाँले भन्नुभयो, “यस्ता सामाजिक तथा सामुदायिक कार्यक्रमले छरछिमेकीबीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै आपसी परिचय, सहयोग र सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ। इच्छुमती क्षेत्रको विकास, सरसफाइ, संरक्षण तथा सामाजिक एकताका लागि सबै पक्षको सहकार्य र सक्रिय सहभागिता आवश्यक छ।”
अध्यक्ष न्यौपानेले कार्यक्रममा उपस्थित सम्पूर्ण स्थानीय बासिन्दा, शुभेच्छुक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदायमा आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सामाजिक तथा सामुदायिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले विजयादशमी, शुभ दीपावली, छठ पर्वलगायत नेपालमा मनाइने विभिन्न चाडपर्वको अवसरमा एक–अर्कालाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमले स्थानीय समुदायबीचको आत्मीयता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्वको अवसरमा आपसी सद्भाव, सहकार्य र एकताको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु