तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दुई दिन महाअष्टमी, १० दिनको बन्यो नवरात्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २ गते, सोमबार ६:२५

काठमाडौँ । तिथि वृद्धि भएकाले यस वर्ष कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार दुवै दिन महाअष्टमीका विधि दोहोर्‍याउनुपर्नेछ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दसैँघर तथा पूजा कोठामा महागौरीको पूजा र अष्टमीका अन्य कर्म गरिनेछ। भने अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते नै गर्नुपर्नेछ।
दुई दिन अष्टमी परेकाले यस वर्ष नवरात्र १० दिनको भएको छ। विजयादशमीमा पनि १० रात्रिका जमरा लगाइनेछ। हनुमानढोका दरबारमा महाअष्टमीको मुख्य पूजा सोमबार गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु