तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नवरात्रको नवौँ दिन सिद्धिदात्रीको आराधना, सिद्धि प्राप्त हुने धार्मिक विश्वास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ३ गते, मंगलवार ७:२६

काठमाडौं । शारदीय नवरात्रको नवौँ तथा अन्तिम दिन आज नवदुर्गामध्येकी नवौँ शक्ति देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। धार्मिक मान्यताअनुसार सिद्धिदात्रीको आराधना गरेमा साधकले विभिन्न प्रकारका सिद्धि, आध्यात्मिक शक्ति र मनोकामना प्राप्त गर्ने विश्वास छ।
‘सिद्धि’ले आध्यात्मिक शक्ति र ‘दात्री’ले प्रदान गर्ने शक्तिलाई जनाउने भएकाले देवी सिद्धिदात्रीलाई भक्तजनलाई सिद्धि प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ। नवरात्रको अन्तिम दिन श्रद्धा र निष्ठापूर्वक देवीको उपासना गर्दा सांसारिक दुःख–कष्ट हट्ने, परिवारमा सुख–शान्ति कायम हुने तथा मोक्षको मार्ग प्रशस्त हुने धार्मिक विश्वास रहेको छ।
पौराणिक कथनअनुसार भगवान् शिवले समेत देवी सिद्धिदात्रीको कृपाबाट विभिन्न सिद्धि प्राप्त गर्नुभएको थियो। देवीकै अनुग्रहबाट शिवको आधा शरीर नारी स्वरूपमा परिणत भएको र त्यसपछि उहाँ अर्धनारीश्वरका रूपमा प्रसिद्ध हुनुभएको धार्मिक मान्यता छ।
देवी सिद्धिदात्रीलाई चार हात भएकी, कमलमा विराजमान तथा सिंहलाई वाहन बनाएकी देवीका रूपमा वर्णन गरिएको छ। उहाँका हातमा शङ्ख, चक्र, गदा र कमल रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
कसरी गरिन्छ पूजा?
बिहान स्नान तथा नित्यकर्म सम्पन्न गरी पूजा सामग्री तयार पारेर दियो, कलश र गणेशको पूजा गरेपछि देवी सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। त्यसपछि भगवान् शङ्कर र ब्रह्माजीको समेत आराधना गरी देवीलाई नैवेद्य अर्पण गरेर आरती गरिन्छ।
पूजाका क्रममा ‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः’ मन्त्र कम्तीमा १०८ पटक जप गर्ने धार्मिक परम्परा रहेको छ। पूजा सम्पन्न भएपछि प्रसाद वितरण गर्ने र ग्रहण गर्ने गरिन्छ।
धार्मिक विश्वासअनुसार सिद्धिदात्रीलाई रातो फूल तथा सुगन्धित पुष्प प्रिय मानिन्छ। नैवेद्यका रूपमा नरिवल तथा गुलिया परिकार चढाउने चलन पनि छ।
देवी सिद्धिदात्रीको ध्यान
वन्दे वांछित मनोरथार्थ चन्द्रार्धकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजां सिद्धिदात्रीं यशस्विनीम् ।।
स्वर्णवर्णां निर्वाणचक्रस्थितां नवम् दुर्गां त्रिनेत्राम् ।
शङ्ख, चक्र, गदा, पद्म धरां सिद्धिदात्रीं भजेम् ।।
धार्मिक मान्यताअनुसार देवी सिद्धिदात्रीको स्मरण, ध्यान र आराधनाले भक्तलाई सांसारिक मोहबाट मुक्त हुँदै आध्यात्मिक तथा मोक्षको मार्गतर्फ अग्रसर गराउने विश्वास गरिन्छ। नवरात्रको नवौँ दिन देशभरका देवी मन्दिर तथा शक्तिपीठमा विशेष पूजा–आराधना हुने गर्दछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु