
काठमाडौं । विश्वभर लोकप्रिय बन्दै गएको कोरियाली सौन्दर्य प्रविधि अर्थात् K-Beauty अब नेपालमै सिक्न पाइने भएको छ। आधुनिक सौन्दर्य प्रविधि र अन्तर्राष्ट्रियस्तरको सीप नेपाली युवायुवतीसम्म पुर्याउने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले विशेष K-Beauty Courses सञ्चालनमा ल्याएको हो।
‘तपाईंको सौन्दर्य करियर Seoul शैलीमा सुरु हुन्छ’ भन्ने अवधारणासहित अघि बढेको एकेडेमीले नेपालमै आधुनिक तथा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप सिक्ने अवसर उपलब्ध गराउने जनाएको छ। तालिम नोभेम्बर १ देखि सञ्चालन हुने बताइएको छ।
आधुनिक K-Beauty प्रविधिमा विशेष प्रशिक्षण
K-Beauty Courses अन्तर्गत Lash Perm, Aesthetic Care, Laser, Carbon Peeling तथा Semi-Permanent Makeup लगायत पछिल्लो समय विश्वव्यापी रूपमा लोकप्रिय हुँदै गएका सौन्दर्य प्रविधि सिकाइनेछ।
यी सीपले सौन्दर्य क्षेत्रमा नयाँ करियर सुरु गर्न चाहने युवायुवतीलाई आफ्नो रुचि र प्रतिभालाई व्यावसायिक दक्षतामा रूपान्तरण गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
कोरियाली सौन्दर्य विशेषज्ञबाट प्रशिक्षण
तालिमको प्रमुख आकर्षणमध्ये एक दक्षिण कोरियाली सौन्दर्य विशेषज्ञबाट प्रत्यक्ष प्रशिक्षण पनि हो। Bomdam Beauty & K-Beauty, Korea की Ms. Mikyung को सहभागिताले प्रशिक्षणलाई कोरियाली सौन्दर्य उद्योगको व्यावहारिक अनुभवसँग जोड्ने एकेडेमीको विश्वास छ।
यसअघि पनि Ms. Mikyung को सहभागितामा निःशुल्क K-Beauty Webinar आयोजना गरिएको थियो। वेबिनारमा सहभागीहरूले कोरियाली सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास तथा यस क्षेत्रमा करियर निर्माणका सम्भावनाबारे जानकारी प्राप्त गरेका थिए।
एकेडेमीका अनुसार यस कार्यक्रमको उद्देश्य केवल प्रमाणपत्र प्रदान गर्नु मात्र नभई सहभागीलाई सीप, आत्मविश्वास र व्यावसायिक दक्षतासहित सौन्दर्य क्षेत्रमा नयाँ करियर सुरु गर्न सक्षम बनाउनु हो।
सीपसँगै स्वरोजगार र उद्यमशीलताको अवसर
सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी सेवाको माग विस्तार हुँदै गएको अवस्थामा आधुनिक K-Beauty सीपले युवायुवतीका लागि रोजगारीसँगै स्वरोजगार र उद्यमशीलताको नयाँ बाटो खोल्न सक्ने देखिन्छ।
तालिमपछि सहभागीहरूले आफ्ना विद्यमान सैलुन तथा ब्युटी सेवाहरू विस्तार गर्नेदेखि आफ्नै Beauty Studio, Salon वा Aesthetic Business सञ्चालन गर्नेसम्मका सम्भावना खोज्न सक्ने एकेडेमीले जनाएको छ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य शिक्षा
‘International Standards Beauty Academy in Nepal’ को अवधारणासहित अघि बढिरहेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्दै विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने लक्ष्य लिएको जनाएको छ।
‘Great Opportunities for Your Career — First Time in Nepal’ भन्ने भावनासहित सुरु गरिएको K-Beauty प्रशिक्षण सौन्दर्य क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहने युवायुवतीका लागि नयाँ र आकर्षक करियर अवसर बन्न सक्ने देखिन्छ।
सम्पर्क
ओपाल ग्लोबल स्किल्स एकेडेमी
📍 सेतोपुल, मैतीदेवी, काठमाडौं
☎️ ०१–४५४५९९९
📱 ९७६८५२७३२७, ९७६८५२७३२६, ९७६३४०२५९९
✉️ info@opalglobalskillsacademy.com


