तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ललितपुरमा न्हूदँको रौनक, साताव्यापी कार्यक्रम सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १३ गते, शुक्रबार ९:४५

ललितपुर । नेपालभाषा मंकाः खलः यलले नेपाल संवत् ११४७ को अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गर्ने भएको छ । न्हूदँ समारोह समितिले बुद्धिचाल प्रतियोगिता, राष्ट्रव्यापी खुला १० किलोमिटर दौड, ३० किलोमिटर साइकल र्‍यालीलगायत सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

मंकाः खलःको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको कार्यक्रमअनुसार कात्तिक १८ र १९ गते बुद्धिचाल प्रतियोगिता, कात्तिक २३ गते राष्ट्रव्यापी खुला १० किलोमिटर दौड तथा कात्तिक २४ गते ३० किलोमिटर साइकल र्‍याली आयोजना हुनेछ ।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक अवसरको स्मरणमा न्हूदँ समारोह आयोजना गर्न लागिएको हो । समारोहमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा न्हूदँ समारोह तथा भिंतुना सांस्कृतिक र्‍याली आयोजना गरिने समारोहका सचिव सञ्जय राजोपाध्यायले जानकारी दिनुभयो ।
न्हूदँको अवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्यान्डल वाक, दीप प्रज्वलन, शुभकामना आदानप्रदान तथा सांगीतिक साँझलगायत कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यसैगरी, नेपाल संवत् ११४७ को अवसरमा क्रोध शिरोमणि कालु कुमालेले सिर्जना गरेको ‘क्रोधकृति’ आवरणमा समेटिएको नेपालभाषाको पात्रो प्रकाशन गरिनेछ । नेपालभाषाको वर्णमाला तथा म्हःपूजाको तान्त्रिक विधि समेटिएको पुस्तिका पनि प्रकाशन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
साताव्यापी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समारोहका सभाध्यक्ष भीमनारायण नकर्मी, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा डा. पुष्पराज राजकर्णीकारले सहभागीका जिज्ञासाको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन नेपालभाषा मंकाः खलः यलले गर्ने अध्यक्ष महेन्द्रलाल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नं. १६ को आर्थिक सहयोग तथा सहकार्य रहनेछ ।
पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जन, वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्य तथा सल्लाहकार किरण शाक्यको उपस्थिति थियो । कार्यक्रम सञ्चालन मंकाः खलःका सचिव राजु ताम्राकारले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु