तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जहाँ नेपाली त्यहाँ रक्तदान” – दुबईमा सातौं बृहत् रक्तदान डिसेम्बर ६ मा हुदै”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते, आईतवार ८:०३

–सचिन्द्र श्रेष्ठ

यूएईमा मानवीय सेवाको पर्याय बनेको नेपाली रक्तदाता संघ (NBDA) यूएईले दुबईमा सातौं बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।निको पोलिक्लिनिकको आयोजना र NBDA यूएईको समन्वयमा हुन लागेको यो कार्यक्रम आगामी ६ डिसेम्बर, आईतबार दुबईस्थित DHA Headquarters, Al Jaddaf मा आयोजना हुनेछ।

कार्यक्रमको बारेमा जानकारी दिँदै संघका अध्यक्ष गोपिनी शाहले प्रवासमा नेपालीहरुबीच रक्तदानको संस्कारलाई स्थापित गर्न यो अभियान सुरु गरिएको र यसले दिन प्रतिदिन बृहत् रुप लिँदै गएको बताउनुभयो।”रक्तदान केवल कार्यक्रम होइन, यो जीवन बचाउने महाअभियान हो।
सातौं संस्करणसम्म आइपुग्दा हामीले पाएको माया र साथले हामीलाई थप हौसला दिएको छ,” अध्यक्ष शाहले भन्नुभयो।
त्यस्तै संघका सचिव सचिन्द्र श्रेष्ठले कार्यक्रमको सम्पूर्ण तयारी तीव्र पारिएको जानकारी दिँदै यूएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्था, समाजसेवी तथा नेपाली समुदायलाई सहभागी भई रक्तदान गरिदिन अनुरोध गर्नुभएको छ।
“सहभागीहरुको सहजताका लागि हामीले बरदुबईबाट कार्यक्रम स्थलसम्म निःशुल्क बसको व्यवस्था गरेका छौं। सबैजना आएर रक्तदान गरी पुण्य कमाउनु हुनेछ भन्ने आशा लिएका छौं,” सचिव श्रेष्ठले बताउनुभयो।
‘हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ NBDA ले यूएईमा निरन्तर मानवीय सेवा गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु