तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता, पहिलो दिन २४ स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते, आईतवार ८:०७

नेपालगन्ज, १४ कात्तिक । नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको पहिलो दिन ललितपुरको सगरमाथा स्वीमिङ क्लबले २४ स्वर्ण पदक जित्दै अग्रता लिएको छ।
नेपाल पौडी संघको प्राविधिक सहयोग तथा नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पहिलो दिन ३८ व्यक्तिगत र २ रिले गरी ४० इभेन्ट सम्पन्न भएका छन्। प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीका अनुसार सगरमाथाले २४ स्वर्ण जितेको हो।
भारतको नयाँ दिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमी १० स्वर्णसहित दोस्रो स्थानमा छ। ललितपुरको रातो बंगला स्कुल र काठमाडौंको मपिल क्यानेडियन स्कुलले समान २–२ स्वर्ण जितेका छन्। भारतको लखनउस्थित गल्स कलेज र शिखा एकेडेमी पनि अग्रता लिने टोलीमा रहेका छन्।
प्रतियोगितामा अन्डर–८ देखि अन्डर–१७ तथा ओपन (१७ वर्षभन्दा माथि) उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्ले गरी ६ विधामा कुल ८० इभेन्ट राखिएको छ। आइतबार थप ४० इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपालका सबै प्रदेश तथा भारतको दिल्ली र लखनउबाट गरी करिब १५० खेलाडी सहभागी छन्।
नेपालगन्जमा पौडी खेलको प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड अकाउन्टेन्ट, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको पहलमा गठन भएको नेपालगन्ज स्वीमिङ क्लब लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो।
यसअघि शनिबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए।
फोटो क्याप्सन: नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपका विजेतालाई मेडल वितरण गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट।
फोटो सौजन्य : नेपालगन्ज स्वीमिङ क्लब

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु