तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वमञ्चमा चम्कियो ‘चोभार ब्लुज’, विक्रम भक्त जोशीलाई ग्लोबल अथर्स अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १५ गते, आईतवार १८:५९

काठमाडौं । नेपाली निकथाकार विक्रम भक्त जोशीको चर्चित कृति ‘चोभार ब्लुज’ ले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। काठमाडौंस्थित होटल दुसित प्रिन्सेसमा इन्फिनिटी सर्भिसेज प्रा.लि.ले आयोजना गरेको ‘ग्लोबल अथर्स अवार्ड २०२६’ समारोहमा जोशीलाई ‘चोभार ब्लुज’का लागि अवार्ड प्रदान गरिएको हो।

नेपालसहित आठ देशका ४५ जना लेखक तथा साहित्यिक व्यक्तित्व सहभागी समारोहमा नेपाली साहित्यको मौलिक विधा निकथालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जोशीले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो।‘चोभार ब्लुज’मा १९ वटा निकथा समेटिएका छन्। कथा, निबन्ध र नियात्राका विशेषतालाई समेटिएको यस कृतिमा दैनिक जीवनका सामान्य घटना, अनुभूति तथा यात्राका अनुभवलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको छ।

इन्जिनियरिङ तथा बैंकिङ क्षेत्रमा लामो व्यावसायिक अनुभव हासिल गरेका जोशी साहित्यमा सक्रिय भएपछि छोटो समयमै निकथाकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।
जोशीको ‘चोभार ब्लुज’ले यसअघि पनि अन्तर्राष्ट्रियस्तरमा सम्मान प्राप्त गरिसकेको छ। थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६मा कृतिको दोस्रो संस्करण विश्वव्यापी रूपमा लोकार्पण गरिएको थियो। सोही अवसरमा जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिएको थियो।

यसैगरी, जोशी सन् २०२४ मै दुबईमा आयोजित एक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन्। अमेरिकास्थित “हामी नेपाली ग्लोबल” बाट समेत उनले सम्मान प्राप्त गरिसकेका छन्।
‘चोभार ब्लुज’ले प्राप्त गरेको पछिल्लो अन्तर्राष्ट्रिय सम्मानले नेपाली निकथा तथा नेपाली साहित्यलाई विश्व साहित्यिक मञ्चमा थप परिचित गराउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु