दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारको रौनक सुरु : आज काग तिहार, यस्तो छ धार्मिक महत्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २१ गते, शनिबार ५:०३

काठमाडौं — हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार आज शनिबारदेखि सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
यमराजको सन्देशवाहकका रूपमा कागलाई मान्ने धार्मिक विश्वासअनुसार आज कागलाई मिठा–मिठा खानेकुरा खुवाउने चलन छ। कागले सधैँ शुभ समाचार ल्याओस् भन्ने कामनासहित घर–आँगनमा कागलाई पूजा गरी खानेकुरा दिने गरिन्छ।

तिहारको पहिलो दिनदेखि नै यमपञ्चक सुरु हुने विश्वास छ। धार्मिक मान्यताअनुसार यस अवधिमा यमराज आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ।
यसै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै धनवन्तरी जयन्ती समेत मनाइन्छ। धन, स्वास्थ्य र समृद्धिको कामनासहित विभिन्न धार्मिक विधि तथा पूजाआजा गर्ने परम्परा रहेको छ।
काग तिहारसँगै सुरु भएको तिहारका आगामी दिनमा क्रमशः कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, म्हः पूजा र भाइटीका मनाइनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु