
काठमाडौं, कात्तिक २१ गते । डेविस कपमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टेनिस टोली आइतबार भियतनामका लागि प्रस्थान गरेको छ।
नोभेम्बर ११ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करणबहादुर थापा, निश्चल श्रेष्ठ र दर्शन श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। टोलीका प्रशिक्षकमा कुमार अधिकारी रहेका छन्।
नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघका महासचिव निरजबहादुर श्रेष्ठ, सचिव अजय विष्ट तथा कोषाध्यक्ष गौरीशंकर श्रेष्ठले शनिबार टोलीलाई बिदाइ गरेका थिए।


