दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वृक्षालय रिसोर्टमा गुञ्जियो देउसी–भैलोको मौलिक धुन, कलाकारको जमघटदेखि स्रष्टा सम्मानसम्म

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २२ गते, आईतवार १२:१५

काठमाडौँ । तिहारको सांस्कृतिक उल्लास, नेपाली मौलिक लोकधुन र आत्मीय सद्भावलाई एउटै मञ्चमा जोड्दै काठमाडौँको कपनस्थित वृक्षालय रिसोर्टमा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कलाकार, सर्जक, व्यवसायी, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम सांगीतिक प्रस्तुति, टुङ्नाको मौलिक धुन र प्रतिभा सम्मानले विशेष बनेको थियो।

२०८३ कार्तिक २१ गते शनिबार वृक्षालय रिसोर्टको आयोजना तथा सोसल मिडिया एण्ड लिगल सर्भिस प्रा.लि.को व्यवस्थापनमा आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा सेलो गायक प्रविन्स मोक्तान, सर्जक तथा कलाकार बिजेन्द्र नौबागे, गायिका विष्णु परियार, गायक शिवराज गौतम, गायिका माया गुरुङ, सोनिका श्रेष्ठ, कलाकार तथा मोडल सुस्मिता श्रेष्ठ र बाल कलाकार पूर्णिका बी.के.ले आफ्ना प्रस्तुति दिएका थिए। रसुवाका गायक नोर्चेल तामाङले परम्परागत टुङ्ना बजाउँदै प्रस्तुत गरेको मौलिक लोकधुनले कार्यक्रममा थप सांस्कृतिक रौनक थपेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा पाककलाको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दाउरा थकाली चुलोका कार्यकारी सेफ भरत सुनुवारलाई वृक्षालय रिसोर्टका तर्फबाट सम्मान गरिएको थियो। नेपाली खानाको मौलिक स्वाद र पाककलाको पहिचानलाई प्रवर्द्धन गर्न योगदान पुर्‍याउने व्यक्तित्वलाई गरिएको सम्मानले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रमका सहयोगी खुसी इन्डस्ट्रिज नेपालका तर्फबाट माईती लिक्विड डिवास, पितम्बरी तथा साबुन मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।

कार्यक्रममा वृक्षालय रिसोर्टका सञ्चालक तथा युवा व्यवसायी सुवास कुँवर, सोसल मिडिया एण्ड लिगल सर्भिस प्रा.लि.का अध्यक्ष डि.बि. पराजुली, सल्लाहकार विकास तामाङ, अभियन्ता लीला खनाललगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी भ्रष्टाचारविरुद्ध नागरिक अभियानका अध्यक्ष अर्जुन के.सी., आगमन टोल सुधार समितिका अध्यक्ष शेखर खनाल, पत्रकार राजन थापा, पूर्व प्रहरी निरीक्षक तथा सर्जक गोविन्द प्रधान र ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौँका सक्रिय सदस्य रामचन्द्र नगरकोटीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। युवा अभियन्ता मुकुन्द सिलवालले कार्यक्रमको सहजीकरण गरेका थिए भने दिपिका खनाल, शुभद्रा भुर्तेल र समीक्षा थापाले स्वयंसेवी भूमिका निर्वाह गरेका थिए।

मनोरञ्जनसँगै संस्कृति संरक्षणको सन्देश

देउसी–भैलो नेपाली समाजको धार्मिक आस्था, लोकपरम्परा र सामूहिक सद्भावसँग जोडिएको सांस्कृतिक सम्पदा हो। पछिल्लो समय आधुनिक मनोरञ्जनको प्रभावसँगै मौलिक भाका, परम्परागत बाजा र देउसीका पुराना सांस्कृतिक अभ्यास ओझेलमा पर्दै गएका बेला यस्ता कार्यक्रमको सान्दर्भिकता अझ बढेको छ।

संस्कृति संरक्षण भाषण र नाराबाट मात्र सम्भव हुँदैन, यसको निरन्तर अभ्यास र पुस्तान्तरण आवश्यक हुन्छ। यही मान्यतालाई आत्मसात् गर्दै आयोजना गरिएको वृक्षालय रिसोर्टको यस कार्यक्रमले कला, संस्कृति, सामाजिक सम्बन्ध र प्रतिभा सम्मानलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु