
निकोसिया, साइप्रस । एकता, पहिचान र मगर संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित साइप्रसमा स्थापित नेपाल मगर संघ, युरोप शाखा साइप्रसको ऐतिहासिक पाँचौँ अधिवेशन आइतबार राजधानी निकोसियामा भव्य रूपमा सम्पन्न भएको छ।
“मगरात सभ्यतासहितको समृद्ध मगर समाज, मगर इतिहास, भाषा, लिपि, संस्कृति संरक्षण र सम्बर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले साइप्रसमा रहेका मगर समुदायलाई थप संगठित, एकताबद्ध र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर पुन मगर तथा नेपालका प्रथम सहिद लखन थापा मगरको तस्वीरमा माल्यार्पण, दीप प्रज्वलन तथा मौनधारण गरी गरिएको थियो।
अधिवेशनमा साइप्रसमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरूले साइप्रसमा नेपाली तथा विशेषगरी मगर समुदायको एकता, सामाजिक सहकार्य र सांस्कृतिक पहिचान संरक्षणमा नेपाल मगर संघले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
अधिवेशन सफल बनाउन प्रत्यक्ष रूपमा उपस्थित भई सहयोग गर्नुहुने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूमा नेपाल तामाङ घेदुङबाट पुल माया तामाङ, किरात राई यायोक्खाबाट रमिला राई, किरात याक्थुङ चुम्लुङबाट कौशिला देवान, बाहुन क्षेत्री समाज साइप्रसबाट तारा देवी खत्री, राष्ट्रिय तामाङ घेदुङबाट निरोज मोक्तान तामाङ, तमु समाज साइप्रसबाट चन्द्रप्रसाद गुरुङ, झिगु नेवाः समाज साइप्रसबाट लक्ष्मी श्रेष्ठ, नेपाली सेफ सोसाइटी साइप्रसबाट गोपाल तिमिल्सिना, शेर्पा किदुग साइप्रसबाट तासी कान्छी शेर्पा, तमु प्ये ल्हु समाज साइप्रसबाट हेमा गुरुङ, News Lines Nepal.com बाट मनिषा अर्याल, रुपन्देही सेवा समाजबाट श्री विवा विश्वकर्मा तथा समाजसेवी बिना थापा मगर लगायत अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले आशा बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष: आशा बुढा मगर
वरिष्ठ उपाध्यक्ष: माया मगर
उपाध्यक्ष: दिल्ली मगर
महासचिव: बिबेक राना मगर
सचिव: जिबन राना मगर
सह–सचिव: दिपक मगर
कोषाध्यक्ष: विष्णु थापा मगर
कलाकार संयोजक (पुरुष): कमल सिन्जाली मगर
कलाकार संयोजक (महिला): मिना कुमारी राना मगर
वरिष्ठ सल्लाहकार: दर्शन मगर
सदस्यहरू: बिशाल मगर, सरु मगर, कला मगर, जनक आले मगर, जुद्धविर मगर, चन्द्र मगर, मनिशा मगर, हेम थापा मगर, मुना मगर, अनुजा मगर, जानु राना मगर र तिजा मगर।
नवनिर्वाचित अध्यक्ष आशा बुढा मगरले आफूलाई प्राप्त जिम्मेवारीलाई पदभन्दा पनि ठूलो दायित्वका रूपमा लिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “यो मेरो लागि पद मात्र होइन, ठूलो जिम्मेवारी हो। साइप्रसमा रहेका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताको सूत्रमा बाँध्दै हाम्रो भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउन मेरो टिम प्रतिबद्ध छ।”
अधिवेशनले मगर समुदायको भाषा, संस्कृति, इतिहास, लिपि तथा मौलिक पहिचानको संरक्षणसँगै साइप्रसमा रहेका मगर समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अन्त्यमा नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै “एकता नै हाम्रो शक्ति हो, पहिचान नै हाम्रो गौरव हो–जय मगर ! जय मगरात !” भन्ने नाराका साथ अधिवेशन समापन गरिएको थियो।


