दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १ गते, मंगलवार ६:५२

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेसँगै देशका केही भूभागमा बदलीको अवस्था रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु