दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १ गते, मंगलवार १९:३३

पाचौं एसिया÷प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन प्रस्थान गर्ने भएको छ । नोभेम्बर २० देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष÷महिला दुवै टोलीले प्रतिस्पर्धा गर्ने छ ।
पुरुष टोलीका खेलाडीमा सन्जित श्रेष्ठ, रोहन खड्का, निर्मल बोहरा, महेन्द्र लिम्बू फुडोङ, चेतन गुरुङ, सूर्यबहादुर गुरुङ, दीपक कटुवाल, ईश्वर गिरी, राजीव चौलागाईं, निसान बराल, पासाङ शेर्पा, बलबहादुर सुनुवार, डाककुमार मगर, धनजीत मगर, विशाल लामा, रमेशबहादुर भ्लोन, सनोज महर्जन र सूर्यकृष्ण चौलागाईं रहेका छन् ।
प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा र अफिसियलमा कुलप्रसाद भट्टराई छन् ।
महिला टोलीका खेलाडीमा प्रेरणा विक, दिब्या लौडारी, लिजा बुढा क्षेत्री, सलामा खातुन, निमा वाङमो लामा, दावा शेर्पा, फुडोमा शेर्पा, रिया न्यौपाने, मन्जिता कुसुले, अनिता कुँवर, मल्लिका थापा, आयुष्मा कार्की, शशी राई, जमुना आचार्य र वर्षा गुरुङ रहेका छन् ।
प्रशिक्षकमा अनु लामा तथा ट्रेनरमा नवराज श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य ललिता नाथ र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु