
काठमाडौँ । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशीसहित गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश भू-भागको मौसम सफा छ।
महाशाखाले सोमबार दिउँसोदेखि रातिसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। यस्तै, कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ।
अन्य प्रदेशका अधिकांश भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।


