
काठमाडौँ – कतारले निजगढ विमानस्थल बनाउने भएको छ । निजगढ विमानस्थल बनाउन कतारले नेपाल सरकारसमक्ष प्रस्ताव गरेसँगै नेपाल सरकार पनि यसप्रति सकरात्मक देखिएको छ । नेपाल सरकारले विमानस्थलको विस्तृत विवरण कतारलाई पठाएको छ । गत कार्तिकमा राष्ट्रपति बिद्यादेबी भण्डारी कतार भ्रमणमा गएको बेला नै यसले निजगढ विमानस्थल बनाउँन इच्क्षा जाहेर गरेको थियो । त्यसपछि पनि नेपाल र कतार सरकारबीच यस बिषयमा पटक पटक छलफलसमेत भएको बताईएको छ । कतारले सुरूमा इपिसिएफ (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ) मोडालिटीमा विमानस्थल बनाउन प्रस्ताव गरेको थियो। निजगढ विमानस्थल बनाउँन अन्य देशहरुले पनि प्रस्ताव गरिरहेको समय कतारले पनि विमानस्थल बनाउँन इच्क्षा जाहेर गरेको हो ।
नेपाल सरकारले विमानस्थलको विस्तृत विवरण कतारलाई पठाएको छ । गत कार्तिकमा राष्ट्रपति बिद्यादेबी भण्डारी कतार भ्रमणमा गएको बेला नै यसले निजगढ विमानस्थल बनाउँन इच्क्षा जाहेर गरेको थियो । त्यसपछि पनि नेपाल र कतार सरकारबीच यस बिषयमा पटक पटक छलफलसमेत भएको बताईएको छ । कतारले सुरूमा इपिसिएफ (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ) मोडालिटीमा विमानस्थल बनाउन प्रस्ताव गरेको थियो।
नेपाल सरकारले उक्त विमानस्थल बुट (निर्माण, स्वामित्व, सञ्चालन, हस्तान्तरण , मोडल) मा निर्माण गर्ने निर्णय गरिसकेकाले कतारलाई सोही मोडलमा विमानस्थल बनाउन प्रस्ताव गरेको छ। कतारले निजगढ विमानस्थल बनाउन राखेको प्रस्तावमा थप छलफल गर्न कूटनीतिक प्रक्रिया थालिएको हो । सरकारले विमानस्थलमा अहिलेसम्म भएका प्रगति, अहिलेको अवस्था, नेपाल सरकारले चाहेको संरचना, निर्माण तथा सञ्चालन मोडालिटी समेटिएको अवधारणापत्र कतार सरकारलाई पठाइएको बताइएको छ ।
कतारले विमानस्थल बनाउने टुंगो भएपछि यो परियोजनाबारे थप कुरा सरकार–सरकारबीचको सम्झौताबाट निर्धारण हुनेछ । कतारले विमानस्थल बनाउँने कुरामा लगभग सबै कुरामा सहमती नजिक पुगेको र राजनितीक तहबाट टुङगो लागे बाँकी प्रक्रिया अघि बढ्नेछ । यसअघि कतारले नेपालको वायु सेवा क्षेत्रमा सहकार्य गर्न पनि प्रस्ताव गरेको थियो ।
बैदेशिक रोजगारीका लागि नेपालीहरुको रोजाई बन्दै आएको देश हो कतार । उसको बिकासमा नेपाली कामदारहरुको पनि ठुलो भुमिका रहेको छ र रहँदै आएको पनि छ । जसको प्रशंसा कतार सरकारले पनि बेला बेलामा गर्दे आईरहेको छ । नेपालीहरुले बनाएको कतारले भने नेपालको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँने गरेको प्रस्तावलाई कतारका नेपालीहरुले पनि स्वागतयोग्य भनेका छन् ।


